मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदी र टाटा मोर्टसले मनायो अन्तर्राष्ट्रिय योग दिवस २०१८

बिहीबार, ०७ असार २०७५, १५ : ४८
बिहीबार, ०७ असार २०७५

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि., सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा  देशका नवौं प्रमुख शहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेको थियो ।

कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिहरु सबै कर्मचारीहरु क्षेत्रीय प्रमुखहरु मिडियाकर्मी तथा ग्राहकहरु गरि हजारौं सहभागी भएका थिए । हजारौं वर्ष पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा अध्यात्मिक विकास हुन्छ ।

केही वर्ष पहिला संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यस योग दिवसलाई संसारभरी मनाइदै आएएको छ र सिप्रदीले पनी यस विश्वब्यापी अभियानमा आफ्नो आबद्घता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का निर्देशक शम्भु प्रसाद दाहालले विभिन्न उमेर समुहका व्यक्तिहरुको सहभागिताले गर्दा धेरै खुशी भएको साथै शरीर र मनलाई शान्त राख्ने योगा अध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने ब्यायाम भएको बताए ।

त्यस्तै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजीक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्था सँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप