बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र समकक्षी खछ्याङबीच ४५ मिनेट भेटवार्ता

बिहीबार, ०७ असार २०७५, १५ : ३४
बिहीबार, ०७ असार २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङवीच भेटवार्ता सम्पन्न भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा दुई देशको आपसी हित र सहयोग आदान प्रदानबारे कुराकानी भएको बताइएको छ ।  यसैबीच प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।

चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइएको हो । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि पनि खछ्याङ उपस्थित रहेका थिए ।  ओलीलाई गार्ड अफ अनर प्रदान गरेपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको बताइएको छ ।  

यो वार्तापछि दुई देशबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ओली गत असार ५ गते ११९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप