प्रधानमन्त्री ओली र समकक्षी खछ्याङबीच ४५ मिनेट भेटवार्ता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङवीच भेटवार्ता सम्पन्न भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा दुई देशको आपसी हित र सहयोग आदान प्रदानबारे कुराकानी भएको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।
चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइएको हो । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि पनि खछ्याङ उपस्थित रहेका थिए । ओलीलाई गार्ड अफ अनर प्रदान गरेपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको बताइएको छ ।
यो वार्तापछि दुई देशबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ओली गत असार ५ गते ११९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण