शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाको सवारी व्यवस्थापनका लागि जिपिएस प्रणाली लागू गरिने

बिहीबार, ०७ असार २०७५, १५ : ३०
बिहीबार, ०७ असार २०७५

काठमाडौं–काठमाडौ महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तराष्ट्रिय स्तरको जिपिएस प्रणाली लागु गर्न अध्ययन सुरु गरेको छ ।  राजधानी काठमाडौमा बढ्दो सवारी साधनसँगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जिपिएस प्रणालीको अध्ययन सुरु गरेको हो ।

जिपिएस प्रणाली लागु भएपछि जथाभावी बस स्टप गर्ने परिपाटीको अन्त्य हुनुका साथै निर्धारित बस स्टपमा यात्रुले सवारी साधन आगमनको यथार्थ विवरण थाहा पाउन सक्नेछन् । यसले यात्रुहरुलाई सुविधा पुग्नुकासाथै अव्यवस्थित सवारी चापलाई कम गरि सवारी सु–शासन कायम गर्न सकिने विश्वास महानगरले लिएको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख यादवप्रसाद कोइरालाले जानकारी दिए ।

महानगरले विशेष गरेर सडक सुसासन कायम गर्दै प्रभावकारी सार्वजनिक यातायातका लागि अन्तर्राष्ट्रिय स्तरका गाडी सञ्चालन गर्ने बारेमा पनि छलफल अघि बढाएको कार्यकारी प्रमुख  कोइरालाले जनाए ।  विहिबार राजधानीमा आयोजित ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रममा उनले ट्राफिक लाईट व्यवस्थापन र सडक सुशासनमा महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गर्न महानगर तयार रहेको पनि जानकारी दिए ।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सवारी व्यवस्थापन सम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७४ श्रावणदेखि  २०७५ जेष्ठसम्म नेपाल भरमा ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका छन्  । 

तीमध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाण्डौं उपत्यकामा मात्रै भएका छन् । यो अवधिमा भएको सवारी दुर्घटनामा परि मुलुकभर २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा भएको दुर्घटनामा परि १ सय ६८ जनाले ज्यान गुमाए । 

त्यस्तै, दुर्घटनामा परि घाईते हुनेमा उपत्यकामा ११ हजार ३ सय १० र मुुलुकभर ४ हजार ९९ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप