शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काङग्रेस सभापतिहरुको भेलामा सिलवाल र चन्दको चर्चा

बिहीबार, ०७ असार २०७५, १५ : २२
बिहीबार, ०७ असार २०७५

हेटौडा– हेटौडामा जारी नेपाली काङग्रेसका जिल्ला सभापतिहरुको भेला एक दिन लम्बिने भएको छ । जिल्ला सभापतिहरुले बोल्ने क्रम लम्बिएपछि भेला निर्धारित मितिभन्दा एक दिन बढी लम्बिने भएको हो । 
विहीबार दिउँसो ३ बजेसम्म ७६ मध्ये ५६ जना जिल्ला सभापतिहरुले मात्रै धारणा राखेका छन् । अझै धेरै सभापतिहरुले बोल्न बाँकी रहेकाले भेलाको समापन भोलिमात्रै गरिने काङग्रेस केन्द्रीय सदस्य जीवन परियारले बताएका छन् । 

यसअघि सभापतिहरुको भेला ५ गते सुरु भएर ७ गते सकिने काङग्रेसले जनाएको थियो । यसैबीच काङग्रेस जिल्ला सभापतिको भेलामा बोल्ने जिल्ला सभापतिहरुले प्रहरीका तत्कालिन डिआइजीद्धय जयबहादुर चन्द र नवराज सिलवालको खोजी भएको छ ।

भेलामा धादिङ काङग्रेसका सभापति रमेस धमलाले तत्कालिन काङग्रेस नेतृत्वको सरकारका पालामा नेपाल प्रहरीको आइजीपी नियुक्ति विवादमा सभापति देउवा र अर्का नेता विमलेन्द्र निधी मुछिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । 

उनले सभापति देउवाले जयबहादुर चन्द र निधीले सिलवाल बोकेको तर, पार्टी संगठन र काङग्रेस नेता कार्यकर्तालाई नहेरेको भन्दै अहिले उनीहरु कहाँ छन् भनेर प्रश्न गरेका थिए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप