शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्यबाहक प्रधानमन्त्री पोख्रेलदेखि भारतीय राजदूत पुरीसम्मको योगासन, हेरौं १० तस्विर

बिहीबार, ०७ असार २०७५, १४ : ५६
बिहीबार, ०७ असार २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नेपालमा पनि मनाईएको छ ।  योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक रुपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै विहिबार चौथो योग दिवस मनाएका छन् ।

पतञ्जली योगपीठ नेपालले दिवसका सन्दर्भमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरी लगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समतासग जोडिने अर्थको रुपमा योग दिवसलाई बुझ्नुपर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप