मेस्सीलाई भेट्न ईरानदेखि रसियासम्म साइकलमै
क्लिफिन फ्रान्सिस्लाई एक साथीले यो पालि विश्वकपमा जान्छौँ भनेर सोध्दा उनी दक्षिण भारतको आफ्नो घरमा बसिरहेका थिए ।
“निश्चिय नै”, उनले उत्तर दिए । “म पनि भव्य प्रतियोगिता हेर्नका लागि रसिया जान सक्छु ।”
त्यो अगस्टको कुरा हो– तर त्यो बेला उनीसँग आफू बसेको केरलाबाट रसियासम्मको हवाई टिकट मिलाउनेबारे कुनै उपाय थिएन । फ्रान्सिस एक ‘फ्रिलान्सर (स्वतन्त्र)’ गणित शिक्षक हुन् र उनी दिनको ४० अमेरिकी डलर कमाउछन् ।
“मसँग रसिया यात्रा गर्न र एक महिनासम्म त्यहाँ बस्नका लागि प्रयाप्त हुनेगरी पैसा छैन भन्ने होस् भयो । त्यसपछि मैले आफँैलाई सोधे– त्यहाँ पुग्ने सबैभन्दा सस्तो उपाय के हुन सक्छ ? उत्तर साइकल थियो ।”
साथीहरूले उनको कुरा विश्वास गरेनन् तर त्यो बेलासम्म उनले सोच बनाइसकेका थिए ।
२३ फेब्रुअरीमा दुबईको हावाई यात्राबाट उनले आफ्नो लामो यात्रा सुरु गरे । दुबईबाट ‘फेरी’मा चढेर उनी इरान पुगे । त्यहाँबाट रसियाको राजधानी सडकमार्गबाट अझै ४२०० किमि टाढा पर्छ ।
तर मिहिनेतपछिको परिणाम उनका लागि निक्कै सम्मोहित पार्ने खालको थियो– आफ्नो नायक अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई प्रत्यक्ष हेर्ने अवसर ।
“मलाई साइकल चलाउन मन पर्छ र फुटबललाई म पागलपनको हदमा मन पराउँछु । खासमा मैले मेरो यही दुई ‘प्यासन’लाई मिलाएँ ।” फ्रान्सिसले भने ।
मैले सुरुमा पाकिस्तान हँुदै यात्रा गर्ने सोच बनाएको थिएँ । तर भारतसँगको तनावका कारणले यो विचार परित्याग गर्नु प¥यो ।
इरानमा ज्ञान भयो विश्व जोड्ने भाषा ः फुटबल र फिल्म
“यो रुट परिवर्तनले खर्च निक्कै बढ्यो । मैले आफ्नो साइकल दुबई लान पाइनँ, यस कारणले त्यहाँ पुगेर नयाँ साइकल किन्नुप¥यो । त्यहाँ एक साइकलको मूल्य नै ७०० डलर प¥यो । यो पनि लामो यात्राका लागि उत्कृष्ट त थिएन तर मैले त्योभन्दा बढी खर्च गर्न सक्दिनथेँ ।” उनले भने ।
मार्च ११ मा इरानको बन्दर अब्बास बन्दरगाहमा प्रवेश गर्नासाथ उनले आफूलाई आइपरेको यो अस्थायी बिघ्नलाई बिर्से ।
“यो विश्वको सबैभन्दा सुन्दर देश हो र यहाँका मानिसहरू निक्कै मिलनसार छन् । मैले ४५ दिन यही देशमा बिताएँ तर त्यो अवधिमा जम्मा दुई दिन मात्र होटेलमा बसेँ,” उनले भने ।
फ्रान्सिसले एक दिनका लागि १० डलर छुट्याएका थिए । तर इरानमा जहाँ जाँदा पनि मानिसहरूले उनलाई आफ्नो घरमा बस्नका लागि बोलाउँथे र साथमा खाना पनि प्रदान गर्थे ।
“इरानबारेमा मेरो धारणा बदलिएको छ । इरान पुगेपछि मैले कुनै देशबारेको धारणा त्यसको भूराजनीतिको आधारमा बनाउन हँुदैन बन्ने बोध गरेँ,” उनले भने ।
उनी त्यहाँको नाटकीय भू–बनोट अझै झलझली सम्झन्छन् ।
“इरानको सुन्दर ग्रामीण क्षेत्रले गर्दा साइकल चलाउनुको पीडा नै ख्याल भएन । निश्चित रूपमा म पुनः त्यहाँ फर्कनेछु ।,”
“उनीहरूले मलाई रसियामा पुगेपछि इरानी टिमको लागि पनि समर्थन गर्ने वाचा गराए । उनीहरू बलिउड फिल्म हेर्दा रहेछन् र मन पराउँदा पनि रहेछन् । यसले पनि धेरै ठाउँमा मानिसहरूसँग संवाद थाल्न मलाई सहयोग ग¥यो ।” उनले भने ।
“फिल्म र फुटबलले संसार जोड्छ भन्ने कुरा साँचो रहेछ ।”
साइकल यात्राले उनलाई ‘स्लिम’ बनायो !
त्यसपछिको उनको गन्तव्य रह्यो अजरबैजान, त्यहाँ सीमा प्रहरीले उनलाई भ्रमण कागजात अनुसार पहिचान गर्नै अफ्ठ्यारो भयो । किनकि उनले निक्कै धेरै तौल गुमाइसकेका थिए ।
“यो यात्राका क्रममा म पासपोर्टको फेटोमा देखिनेभन्दा निक्कै फरक भइसकेको थिएँ । त्यही कारण प्रहरीले मेरो पूर्ण विवरण पुष्टि गर्नको लागि आठ घण्टा लगाएँ तर उनीले मसँग राम्रै व्यवहार गरे ।”
अजरबैजानमा फ्रान्सिसले होटलहरूमा खर्च गर्न नसकेपछि धेरैजसो पार्कहरूमा टेन्ट ठड्याएर सुतेँ ।
“यहाँ पनि मानिसहरू असल थिए तर उनीहरू अपरिचितसँग खुल्न केही समय लगाउँथे । मैले बाकुमा केही भारतीयहरूले पनि बसोबास गरेको भेटेँ । केही समय त्यहीँ बसेँ ।”
दसगजामा फस्दाको अन्यौल र ‘रुट’मा परिवर्तन
जब फ्रान्सिस जर्जिया पुगे उनलाई फर्काइयो र मस्कोतर्फको आधा बाटो पार गरिसकेपछि उनलाई आफ्नो योजना बदल्नुप¥यो ।
“मसँग सबै कागजात थिए तथापि मलाई प्रवेश निषेध गरियो । त्यसपछि मैले आफूलाई दयनीय अजस्थामा पाएँ । किनकि अजरबैजनका लागि मेरो एकतर्फी भिसा थियो,” उनले भने ।
फ्रान्सिस अजरबैजान र जर्जियाबीच रहेको बस्ती बसाउन नपाउने स्थानका रूपमा छुट्याइएको ठाउँमा एक दिनसम्म अड्किए ।
अन्ततः उनलाई अजरबैजान प्रवेश गर्नका लागि अर्जेन्ट भिसा दिइयो ।
“त्यसपछि रुस प्रवेश गर्नका लागि मैले अर्को रुट खोज्नुपर्ने भयो । कसैले मलाई अजरवैजान र रुसको दगेस्तान क्षेत्रको सिमाना जोडिएको जानकारी दिए,” उनले भने ।
“त्यो स्थान सुरक्षित छैन भन्ने होस नै नगरी म त्यो ठाउँमा गएँ । तर मसँग फर्किने विकल्पै थिएन । जुन ५ मा मैले दगेस्तान प्रवेश गरेँ ।”
उनका अनुसार भाषा उनका लागि अबरोधको रूपमा आइलाग्यो । किनकि दगेस्तानका मानिसहरू मुस्किलले इङ्लिस बुझ्छन् ।
“एक भारतीय नागरिक साइकलमा उनीहरूको क्षेत्रमा आएको देखेर मानिसहरू आश्चर्यचकित भएका थिए । पुनः त्यहाँ संसारभरीका मानिसहरूले बुझ्ने फिल्म र फुटबलको भाषा प्रयोग गरेँ ।”
फ्रान्सिस मस्कोबाट सडकमार्गबाट ४६० किमिबाट टाढा रहेको तम्बोभ पुगँे । जुन २६ सम्म उनलाई रसियाली राजधानी पुगिसक्नुपर्ने थियो । त्यो दिन फ्रान्स र डेनमार्कबीचको खेल थियो ।
“मैले यही एक खेलको मात्र टिकट पाउन सकेँ ।”
“तर म अर्जेन्टिना र लियोनेल मेस्सीको समर्थक हुँ । म मेस्सीको पूजा गर्ने हदको समर्थक हुँ । उनलाई भेट्नु र मेरो साइकलमा हस्ताक्षर माग्नु मेरो सपना छ ।”
भारतको विश्वकप सम्भावनाप्रतिको आशा
क्लिफिन फ्रान्सिसलाई आफ्नो यात्राले मानिसहरूलाई फुटबल र तन्दुरुस्तीमा प्रोत्साहित गरोस् भन्ने आशा छ ।
“कुनै दिन भारतले विश्वकप खेलेको हेर्न चाहन्छु । त्यो तब मात्र हुन्छ जब भारतका धेरैभन्दा धेरै बालबालिकाहरूले फुटबल खेल्न चाहन्छन् । अर्को २० वर्षमा भारतको विश्वकप सम्भावनामा म आशावादी छु,” उनले भने ।
“मेरो कथा पढेर मानिसहरूले साइकल चलाउन प्रेरित हुन् भन्ने आस गर्छु ।
“लामो साइकल यात्रामा तपाईं जीवनका प्राथमिक आवश्यकतामा फर्कनुहुन्छ । मानिसलाई चाहिने भनेको आखिरमा राम्रो खाना, नुहानका लागि पानी र टेन्ट ठड्याउनका लागि सफा स्थान न हो । यिनले नै तपाईंलाई खुसी दिलाउँछ ।
“मेरो यात्राले भारतमा एक मात्र बालकलाई फुटबल खेल्न प्रेरित ग¥यो भने मलाई खुसी लाग्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक शृङ्खला खेल्न भारत जाने नेपाली क्रिकेट टोलीको बिदाइ
-
राप्रपा अनिर्णीत हुँदा गण्डकीमा ठुलो दलको हैसियतमा कांग्रेसकै सरकार बन्ने सम्भावना
-
सेयर बजारमा ४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?