शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म एक्लैले गर्दा चलचित्र कहाँ हिट हुने हो र ? : अभिनेत्री मलिना जोशी

बिहीबार, ०७ असार २०७५, १३ : ४५
बिहीबार, ०७ असार २०७५

काठमाडौँ– अभिनेत्री मलिना जोशीको पछिल्लो चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो उनको अभिनयको हिसाबले छैटौँ चलचित्र हो । छैटौँ चलचित्र प्रदर्शनमा आउँदासम्म पनि उनलाई अझै पूर्वमिस नेपाल भनेर चिन्नुपर्ने अवस्था छ । कारण, उनले अभिनय गरेका कुनै पनि चलचित्रले सफलता दिलाउन सकेन ।

के ‘तिमी हुन्छौ जहाँ जहाँ’ले भने उनलाई सफलता दिलाउता त ? ‘व्यवसाय त भन्न सक्दिनँ । चलचित्र भने राम्रो बनेको छ’, मलिनाले भनिन्, ‘कथाअनुसार सबै युनिटले मिहिनेत गरेका छौँ । लाग्छ सफल हुन्छ ।’
२०७० मा निर्माण भएको चलचित्र ‘ऋतु’ मार्फत अभिनयमा डेब्यु गरेकी मलिनाका त्यसपछि लगातार ४ चलचित्र झुम्की, संरक्षण, द विनर, रानी, प्रदर्शनमा आए । तर यी सबै चलचित्रले दर्शक रिझाउन त परै जाहोस् निर्माताको लगानी समेत सुरक्षा गर्न सकेन । न त उनी अभिनेत्रीको रूपमा स्थापित भइन् । तर अभिनय यात्रा भने उनले जारी नै रह्यो ।

त्यसो त चलचित्र असफलताको जस आफू लिदिनँ उनी । भन्छिन्, ‘म एक्लै मात्र भएर चलचित्र चल्ने होर ?’ ‘अभिनयमा सफलता र असफलता अर्काे पाटो हो, दर्शकले भने मलाई मन पराएका छन्’ उनले थपिन् । 
त्यसो त आफूले अभिनय गरेको चलचित्र असफल हुँदा उनको मन खिन्न नहुने होइन । भनिन् ‘मिहिनेत पनि निकै गरेकी थिएँ । तर चलचित्र आएको र गएको नै पत्तो भएन । पब्लिसिटीको कमजोरीले गर्दा मेरो चलचित्र हेर्न दर्शकहरू हलसम्म नआएका हुन् ।’

सायद त्यसैले पनि अभिनयको सिहाबले अहिलेसम्मको अन्तिम ‘तिमी हुन्छौ जहाँ जहाँ’ राम्रो बनाउन लागिपरेकी छन् । चलचित्रको प्रचारका लागि विभिन्न मिडिया धाउने उनको दैनिकी बनेको छ ।

बुधबार उनी चलचित्र प्रचारको सिलसिलामा रातोपाटी कार्यालयमा पनि आएकी थिइन् । अभिनेता मनिस सुन्दर श्रेष्ठका साथ उपस्थित उनले आफ्ना चलचित्र असफलताको जस आफूलाई नजाने बताइन् ।

‘म हरेक चलचित्रमा आफ्नो १०० प्रतिशत दिने प्रयास गर्छु । तर म एक्लैले चलचित्र हिट गराउने क्षमता राख्दिनँ । मैले राम्रो काम गरे पनि अरू धेरै कारणले चलचित्रको व्यापारलाई असर गरिरहेको हुन्छ ।’ आफ्नो बलमा निर्माता–निर्देशकले चलचित्रको प्रचारमा हेलचेक््रयाइँ गरेको उनको भनाइ रहेको थियो ।

‘तिमी हुन्छौ जहाँ जहाँ’ चलचित्रमा पनि मलिना र मनिस सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । लभ स्टोरी कथामा बनेको यो चलचित्रको बलियो पक्ष कथा र प्रस्तुति रहेको छ’, मलिनासँगै रहेका अभिनेता मनिषले भने– ‘धरानबाट आफ्नो करिअर बनाउने सपना देखेर काठमाडौँ आएकी केटीको जीवनमा आउने उतारचढाव चलचित्रले प्रस्तुत गरेको छ । जुन मलिनाको जीवनसँग पनि केही हदसम्म मेल खान्छ ।’

मनिषले मलिना र आफ्नो चलचित्रमा रोमान्स निकै राम्रो भएको दाबी गरे । यी दुवैले एकसाथ अभिनय गरेको दोस्रो चलचित्र हो । यस अगाडि ‘रानी’  देखिएका थिए । 

अभिनेता मनिष र अभिनेत्री मलिनासँग गरिएको भिडियो कुराकानी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप