मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

योगले सकारात्मक सोचको विकास हुन्छः प्रमुख कायस्थ

बिहीबार, ०७ असार २०७५, १३ : ४४
बिहीबार, ०७ असार २०७५

महेन्द्रनगर– नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् । 

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा आज आयोजित योग अभ्यास कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

उनले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानको समेत प्राप्ति हुने हुँदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गरे । 

सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु , साधक साधिकालेसमेत योग गरेका थिए । 

सो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री राउत, योगगुरुसहितलाई मायाको चिनोका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप