मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै तरुण दलको विरोध

बिहीबार, ०७ असार २०७५, १३ : २२
बिहीबार, ०७ असार २०७५

पोखरा– नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध र्याली निकालेको छ । 

पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको र्याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । 

कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग  गरे । 

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उनले सरकार निरंकुश बन्दै गएको आरोप लगाए । 

कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप