मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

केराका बिरुवाबाट १० लाख आम्दानी

बिहीबार, ०७ असार २०७५, १३ : ०६
बिहीबार, ०७ असार २०७५

कञ्चनपुर– बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् । 

नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गरेका छन् । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गर्नुभयो । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका छन् । 

नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न रु ४० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताए । 

शाखाको रु ४० हजार तथा किसानको रु ४३ हजार लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप