मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बैंकहरुले ब्याजदरको भद्र सहमति ब्युँताए, अब बचतमा ७ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत

बिहीबार, ०७ असार २०७५, १३ : ०३
बिहीबार, ०७ असार २०७५

काठमाडौं– बैकर्स एसोसियसनले पाँच महिना अघि गरेको पुरानो सहमतिलाइ फेरि  ब्युँताएका छन् । आजबाटै लागू हुने गरी ब्याजदरमा भद्र सहमति कायम भएको छ ।

बैकर्स संघको बिहिबार बसेको बैठकले भद्र सहमति कायम गरेको हो । 

५ महिनाअघि गरेको ब्याजदरको सहमति केहि समय अघि हटाएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि त्यसले समग्र सिस्टममा नै समस्या गर्ने भन्दै फेरि ब्याजदरको सहमति कायम गरिएको बैठकमा उपस्थित एक सदस्यले भने ।

५ महिना अघिको ब्याजदर सहमति भंग भएपछि निक्षेपमै झण्डै १४ प्रतिशतको हाराहारीमा ब्याजदर पुगेको थियो । 

अब ती ब्याजदर बढाएका बैंकहरुले पनि यो सहमति पालना गर्नेछन् । 

 नेपाल राष्ट्र बैंकसँगको सहमतिमा ब्याजदरलाई स्थायित्व दिन नयाँ सहमति गरेको हो । बैकर्स संघले ऋणको पनि ब्याजदर नबढ्ने गरी सहमति गरेको छ । 

ब्याजदर नबढाएका बैंकलाई निक्षेप जोगाउनै गाह्रो : पुरानो सहमति भोलि ब्युँतने सम्भावना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप