शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालविकास केन्द्रबाटै वडा कार्यालयको सेवा

बिहीबार, ०७ असार २०७५, १२ : ५४
बिहीबार, ०७ असार २०७५

म्याग्दी– म्याग्दीको मालीका गाउँपालिका–३ डाँडागाउँको वडा कार्यालयमा पूर्वाधार नहुँदा बालविकास केन्द्रको भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।वडा कार्यालयको आफ्नै भवन नभएपछि स्थानीय किटिनी बालविकास केन्द्रको एउटा कोठाबाट सेवा दिँदै आएको हो । 

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेको एक वर्ष बिते पनि वडाको कार्याको व्यवस्था हुन नसक्दा समस्या भएको वडा अध्यक्ष हेमबहादुर पुनले बताए ।    उक्त केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारी बसेर काम गर्ने फर्निचरकोसमेत व्यवस्था छैन । 
डाँडागाउँ राज्य पुनःसंरचनाअघि तत्कालीन रुम गाविसमा समावेश थियो । डाँडागाउँ, अदिभारा, किटेनी, औंला, पात्ले, इँग्रे गाउँलाई समेटेर बनाइएको मालीका– ३ मा ५०० भन्दाबढी घरधुरी छन् । 

पूर्वाधारको अभाव खेपिरहेको यस वडामा जनशक्तिको समेत अभावले सेवा प्रवाहमा पनि समस्या हुँदै आएको छ । यस वडामा वडा सचिवसमेत छैनन् । मालिका गाउँपालिकाको २, ३ र ४ नं वडाको सचिवका रुपमा रमाकान्त घिमिरेले काम गर्दै आएका छन् । 

अनुगमनका क्रममा हालै डाँडागाउँमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले कार्यालय र जनशक्तिको व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप