शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यानडामा महिला बाइक राइडरको भयानक मृत्युको भिडियो

बिहीबार, ०७ असार २०७५, १२ : ४३
बिहीबार, ०७ असार २०७५

क्यानडाको ओन्टोरियो हाइवेमा एक ४७ वर्षीया महिला बाइक राइडरको भयानक सडक दुर्घटनामा मृत्यु भएको छ । गलत लेनमा अचानक मोडिएको कारसँग महिलाको बाइक ठोक्किएको थियो । बाइक अत्यधिक स्पिडमा थियो जसका कारण महिला हावामा उडेर जमिनमा बजारिएकी थिइन् । बाइक कारसँग यति नमज्जाले ठोक्किएको थियो कि कारको पछाडिको भागपनि पूर्ण रुपमा क्षतीग्रस्त भएको थियो ।

बाइक राइडर महिलाले अस्पतालमा अन्तिम सास फेरेकी थिइन् ।

क्यानडा पुलिसले अहिलेसम्म महिलाको नाम सार्वजनिक गरेको छैन । यद्यपी, पुलिसले पछाडिको कारले रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको  छ । उक्त भिडियोमा अर्को लेनमा मोडिएको आरोपी कार ड्राइभरको गल्ती स्पष्ट देख्न सकिन्छ । पुलिसले कार चालकविरुद्ध मुद्दा दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप