शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काली राष्ट्रपति बङ्गलादेश भ्रमणमा

बिहीबार, २९ असार २०७४, १७ : ३२
बिहीबार, २९ असार २०७४

कोलोम्बो – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरीसेना तीन दिनको औपचारिक भ्रमणको लागि बङ्गलादेश पुग्नु भएको छ । उहाँ बङ्गलबादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको श्रीलङ्काली परराष्ट्र मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस भ्रमणको क्रममा राष्ट्रपति सिरीसेनाले बङ्गलादेशका प्रधानमन्त्री, विदेशमन्त्री स्वास्थ्यमन्त्री, सभामुख र विपक्षी दलका नेताहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ । 

सिरीसेना नेतृत्वको ७३ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार श्रीलङ्का प्रस्थान गरेको हो । राष्ट्रपति नेतृत्वको यस प्रतिनिधिमण्डलले द्विपक्षीय छलफल, सामुद्रिक समस्या, शिक्षा, पर्यटन, माझीहरुको समस्या, र स्वाथ्यक्षेत्रका विषयमा छलफल गर्नुहुने बताइएको छ । 

यी दुई पक्षको तर्फबाट कम्तीमा १० वटा सम्झौतामा हस्ताक्षर गरिने अनुमान गरिएको पनि प्रकाशित कार्यक्रममा जनाइएको छ । 

सिरीसेना श्रीलङ्काको राष्ट्रपति भएयता यो नै बङ्गलादेशको पहिलो औपचारिक भ्रमण हो । यस अघि उहाँ स्वास्थ्यमन्त्री हुुदा सन् २०१३ र २०१४ मा गरी दुई पटकसम्म बङ्गलादेशको भ्रमण गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप