प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटबार्ता, रेलमार्गबारे सहमति पनि आजै

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्नेछन् ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री केपी ओलीले ग्रेट हल अफ दी पिपलमा चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने भएका हुन् । सोही भेटवार्तापछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहित हुनेछ । जसमा नेपाल–चीनबीच उर्जा सहयोग, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण लगायतका विषय समेटिने छन् ।
चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न नेपाल र चीनबीच बेइजिङमा सम्झौता हुन लागेको हो ।
यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा राष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौँ पुग्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
विगत केही बर्षयता केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे बहस हुँदै आएको छ । दुई वर्ष अघि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा यो परियोजना अगाडि बढाउने सहमति नै भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षले नेपाल र भारतको सिमा क्षेत्रसम्म रेलमार्ग विस्तारको तयारी अन्तर्गगत आफ्नो रेलमार्ग तिब्बतको सिगात्सेसम्म विस्तार गरिसकेको छ । बुधबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीसँगको भेटमा रेलमार्गको परियोजना तीब्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको समेत बताएका थिए ।
राष्ट्रपतिसी र प्रधानमन्त्री ओलीबीचको भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ५/७ वर्षमै केरुङ–काठमाडौं रेलमार्ग निर्माण गरिसक्ने तालिका बनाएर काम गर्ने विषयमा छलफल भएको बताएका छन् ।
मन्त्री ज्ञवालीका अनुसार अहिले भइरहेको पूर्व संभाव्यता अध्ययन अर्को दुई महिनाभित्रै सक्ने गरी तयार गरिएको समझदारीपत्रमा बिहिबार हस्ताक्षर हुन्छ ।
त्यसपछि सिधै विस्तृत परियोजना प्रतिवेदन बनाइनेछ । तर, यो रेलमार्ग निर्माण गर्न लगानी कसले गर्ने भन्नेबारे अझैसम्म खुलाइएको छैन ।
श्रोतका अनुसार नेपाली पक्षले चीनलाई लगानी गर्न भनेपनि उसले प्रष्ट जवाफ दिइनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन्: श्रेष्ठ
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?