शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धोनीकी श्रीमतीले मागिन् हतियारको लाइसेन्सः भनिन्, ‘घरमा एक्लै बस्छु, मेरो ज्यानलाई खतरा छ’

बिहीबार, ०७ असार २०७५, ०८ : ३७
बिहीबार, ०७ असार २०७५

टीम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीकी श्रीमती साक्षीले आफ्नो ज्यानमाथि खतरा भएको बताउँदै हतियारको लाइसेन्सको माग गरेकी छिन् । उनले पिस्तोल वा ०.३२ रिभोल्भरका लागि आवेदन दिएकी छिन् । साक्षीका अनुसार उनी धेरैजसो समय एक्लै बस्छिन् । नीजि कामले एक्लै यताउता जानुपर्छ त्यसकारण आफ्नो ज्यानको खतरा भएकाले ढिला नगरिकन हतियार खरिद गर्ने लाइसेन्स दिनुपर्ने माग गरेकी छिन् । करिब ९ वर्ष पहिले धोनीले पनि लाइसेन्स पाएपछि पिस्तोल खरिद गरेका थिए ।

धोनीको निवासमा सात सुरक्षाकर्मी तैनाथः

साक्षीले लाइसेन्सका लागि मजिस्ट्रेट कार्यालयमा आवेदन दिएका थिए । अनुसन्धानपछि उनीमाथि कुनै मुद्दा दर्ता नभएको पाइएको छ । धोनीको रातूको दलादलीस्थित निवासमा सात हतियारधारी सुरक्षाकर्मी तैनाथ हुन्छन् । रातूको थाना प्रभारीका अनुसार साक्षी जब घरबाहिर निस्कन्छिन् तब थानालाई यसबारे सूचना दिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप