शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ सुत्केरीलाई गोठमा राखिन्छ...!

बिहीबार, ०७ असार २०७५, ०८ : ०२
बिहीबार, ०७ असार २०७५

 दैलेखको ठाटिकाँध गाउँपालिका –२ की हरिकला थापाले तीन हप्तासम्म प्राथमिक स्वास्थ्य केन्द्रमा गएर आफ्नो गर्भ जाँच गराइन् । तर चौथो हप्ता जाँच गर्न नआएपछि स्वास्थ्यकर्मीहरू हरिकलालाई खोज्दै घरमै पुगे ।

तर, उनी घरमा भेटिइनन् । कहाँ छिन् भनेर खोज्दै जाँदा उनी घरबाट हिँडेर तीन घण्टा लाग्ने जंगलमा रहेको गोठमा सुत्केरी भएर बसेको स्वास्थ्यकर्मीले भेटे । सानो गोठमा धूवाँ तथा फोहोरमा सुत्केरी महिला बच्चा च्यापेर बसेकी थिइन् ।

‘गर्भवती खोज्दा गोठमै सुत्केरी भेटाइम्,’ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी मञ्जु शाहीले भनिन् ‘हामीले बच्चा र आमाको स्वास्थ्य चेकजाँच गोठमै गरेर फर्किम् ।’ एक हप्तादेखि हरिकला गोठमै छिन्।

सामाजिक संस्कारअनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी हरिकलाले बताइन् । अहिले उनलाई त्यही गोठमै सुत्केरी उत्तार्ने परिवारले तयारी गरेको छ ।अझै पनि यहाँ धार्मिक परम्परा भन्दै घरदेखि टाढा गोठमा सुत्केरी गराउने तथा राख्ने चलन छ । ११ दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने चलन रहेको स्थानीय जिवलाल रेग्मीले बताए । सुत्केरी बस्ने एकान्त ठाउँमा सर्प तथा बाघभालुको डर उस्तै हुने गर्छ ।

, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप