शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले बदले विवादित प्रवासी नीति, अब सँगै बस्न पाउनेछन् परिवार

बिहीबार, ०७ असार २०७५, ०७ : ४४
बिहीबार, ०७ असार २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः अवैध प्रवासीलाई उनीहरुका बच्चाहरुसँगै राख्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले अब प्रवासी परिवार सँगै बस्न पाउने भनी बचन दिएका छन् ।

उक्त आदेश अनुसार अब अवैध प्रवासी परिवारलाई एकैसाथ हिरासतमा राखिनेछ । यद्यपी, यदि आमा–बुवालाई हिरासतमा राख्दा बच्चामाथि गलत प्रभाव पर्ने आशंका रहे उनीहरुलाई भिन्न राखिनेछ ।

उक्त आदेशमा बच्चालाई आमाबुवासँग कति समयका लागि अलग राखिने भन्ने बारे बताइएको छैन । साथै ट्रम्पको यो आदेश कहिलेदेखि लागू हुनेछ, त्यो पनि स्पष्ट छैन ।

आदेशमा आप्रवासनका ती मामलालाई प्राथमिकताले लागु गर्न आदेश दिइएको छ जसमा एकै परिवारका थुप्रै परिवारलाई हिरासतमा राखिएको छ ।

प्रवासी बच्चाहरुको तस्बिरले अमेरिकामा बढ्यो विवाद, के ट्रम्पले नियम बदल्नेछन् ?

‘बच्चाहरुको तस्बिर हेरेर भावुक भएँ’

ट्रम्पले आमाबुवासँग अलग्गिएका बच्चाहरुको तस्बिर हेरेर भावुक भएकाले आफूले उक्त आदेश जारी गरेको बताए ।

आफ्नै परिवारका सदस्य अलग्गिएको हेर्न नसक्ने उनले बताए ।

ट्रम्पका अनुसार उनकी श्रीमती मेलानिया ट्रम्प र छोरी इभांका पनि परिवारलाई सँगै राख्ने विषयलाई समर्थन गर्छन् ।

मिडिया रिपोर्टका अनुसार मेलानिया र इभांकाले ट्रम्पमाथि प्रवासीका लागि बनाइएका विवादित कानूनमा लचिलो हुन दबाब दिइरहेका थिए ।

ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेको केही समयपछि अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले फेसबुक पोष्टमा शरणार्थी र प्रवासीलाई स्वागत गर्ने तरिका खोज्नु नै अमेरिकाको परम्परा भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप