चीनमा प्रधानमन्त्री ओलीका १४ तस्विर (फोटोफिचर)
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणको क्रममा बेइजिङमा छन् । प्रधानमन्त्री ओली मंगलबार बिहान १ सय १९ जनाको जम्बो टोलीसहित चीन प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
यसअघि बुधबार बिहन प्रधानमन्त्री ओलीले नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा सम्बोधन गरेका थिए ।
ओलीले एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनसँग समेत भेटवार्ता गरेका छन् ।
तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर ओलीले श्रद्धान्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका नायक माओत्से तुङको समाधीस्थलमा पुगेर श्रद्धान्जली अर्पण गर्दै ।
बेइजिङमा बुधबार अयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बारेमा जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साथमा परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपालका राजदूत लिलामणि पौड्याल
प्रधानमन्त्री ओली र एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनबीच भेटवार्ता हुँदै


चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसहित प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल ।

चीनको बेइजिङस्थित ग्रेट हल अफ पिपलमा बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।


देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माणसम्बन्धी समझदारी एवं सम्झौतापत्रमा बुधबार बेइजिङमा आयाजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत ।

फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर हुँदै ।

नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षरपछि हात मिलाउँदै संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल–चाइना बिजनेश फोरमलाई बेइजिङमा बुधबार सम्बोधन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास, पर्यटन र शिक्षा बागलुङ नगरपालिकाको प्राथमिकतामा
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण