शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट न्यायलयलाई तर्साउने काम सुरु भयोः आचार्य

बुधबार, ०६ असार २०७५, १९ : २१
बुधबार, ०६ असार २०७५

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले सरकारबाट न्यायलयलाई तर्साउने काम सुरु भइसकेको भन्दै कम्युनिष्ट अधिनायकवाद विरुद्ध एकजुट हुन ट्रेड युनियन कर्मीहरुलाई आव्हान गरेका छन् ।

बुधबार राजधानीमा आयोजित टे«ड युनियन कांग्रेसको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष आचार्यले सरकारले कम्युनिष्ट अधिनायवादी छबि देखाइसकेकाले कर्मचारीको हक हितका लागि सबै ट्रेड युनियन कर्मीहरु एकजुट हुनुपर्ने बताएका हुन् । सरकारबाट न्यायलयलाई तर्साउने काम सुरु भइसकेको भन्दै उनले श्रमिकहरु पेशागत हितका पक्षमा एक ठाउँमा नआए भविष्यमा सबै श्रमिकले दुख पाउने बताए । 

पार्टी भित्रको गुटबन्दीका कारण श्रमिकहरुको एकता प्रभावित भएको भन्दै उनले ट्रेड युनियनको समस्या सम्बोधन गर्न सक्ने क्षमतामा कांग्रेसलाई पुर्याउनुपर्नेमा जोड दिए । कांग्रेसले सत्तामा रहुन्जेल पनि टे«ेड युनियनका हक हितलाई नहेरेको गुनासो उनले गरे । 

अंश वण्डा गरेर मात्रै कांग्रेस पूरानै हैसियतमा आउन नसक्ने भन्दै उनले पार्टी भित्र बढ्दै गएको गुटबन्दी अन्त्यका लागि दबाब श्रृजना गर्नुपर्नेमा जोड दिए ।  निर्वतमान अध्यक्ष खिलानाथ दाहालले नेता विशेषको नाम जोडेर विजय र पराजयलाई टिप्पणी गर्ने गरिएको भन्दै गुटगत विश्लेषणले कांग्रेसलाई नै हानी पुग्ने बताए ।

सार्वजनिक कार्यक्रममा नेताहरुले गुटको विरोध गरेपनि नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनमा भने समानन्तर रुपमा गुटकै उम्मेदवारले प्यानल सहित प्रतिष्पर्धा गरेका थिए । भर्खरै सम्पन्न निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको एक सिट बाहेक बांकी सबैमा कृष्ण सिटौला र रामचन्द पौडेल पक्षधरले जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप