बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोले तोडे अर्को किर्तिमान, बने युरोपका सर्वाधिक गोलकर्ता

बुधबार, ०६ असार २०७५, १७ : ५८
बुधबार, ०६ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा मोरक्कोविरुद्व पहिलो गोलसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एउटा नयाँ किर्तिमान भंग गरेका छन् । 

उनी युरोपेली राष्ट्रहरु मध्ये सर्वाधिक गोलकर्ता बनेका हुन् ।

खेलको ४ औं मिनेटमा पोर्चुगोलको लागि स्टाइकर क्रिस्टियानो रानाल्डोले गोल गरे । 

स्पेनविरुद्ध ह्याट्रिकसँगै उनले हंगेरीका फ्रेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान बराबरी गरिसकेका थिए । 

यो गोलसँगै युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । 

पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ । 

इरानका पूर्व फरवार्ड अली देईले राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका थिए । रोनाल्डो त्यसबाट मात्र २५ गोल टाढा छन् । यदी उनले यो फर्मलाई केही वर्ष जारी राखे, उनले पक्कै पनि त्यो किर्तिमान भेटाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप