शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ पर्यटकको नेपाल मोह, एक महिनामा २५ प्रतिशतले बढे

बुधबार, ०६ असार २०७५, १७ : २५
बुधबार, ०६ असार २०७५

काठमाडौं– नेपालमा आउने चिनिया पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ । सन् २०१८ मे महिनामा ९ हजार १ सय ५१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको यहि अवधिको तुलनामा २५.२ प्रतिशतले बढी हो । 

अध्यागमन विभागका अनुसार मे महिनामा आधा लाख भन्दा बढी बाह्य पर्यटकले नेपालमा भ्रमण गरेका हुन्् । यो गत वर्षको यस महिनाको तुलनामा ९.६ प्रतिशतले बढी हो । मे महिनामा ६८ हजार ८ सय २५ जनाले नेपाल भ्रमण गरेका हुन् । छिमेकी देश भारतबाट आउने पर्यटकको संख्यामा भने ८.६ प्रतिशतको बृद्धि देखिन्छ । २१ हजार ७ सय २८ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन् । 

पाँच महिनामा ४ लाख ५४ हजार ८ सय ५ बाह्य पर्यटकले नेपालमा भ्रमण गरेका छन् । गत वर्षको पाँच महिनाको अवधिको तुलनामा यो १२.५ प्रतिशतले बढी हो ।  सार्क देशबाट आउने पर्यटकको संख्यामा २.२ प्रतिशतले बृद्धि भएको छ ।  एसियाको अन्य देशबाट आउने पर्यटकको संख्यामा १४.२ प्रतिशतले बृद्धि भएको छ ।

सार्क राष्ट्रबाट भन्दा एसियाका अन्य राष्ट्रबाट नेपाल आउने पर्यटकको संख्याको बृद्धि राम्रो रहेको तथ्याँकले देखाएको छ । युरोपका देशबाट आउने पर्यटकको संख्यामा भने १८ प्रतिशको गिरावट आएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी  थाइल्याण्डका नागरीक नेपाल घुम्न आएका छन् ।

थाइल्याण्डबाट नेपाल आउने पर्यटकको संख्यामा ६२.१ प्रतिशतले बृद्धि भएको हो ।  तर यता सर्क भित्रकै एक बंगलादेशबाट नेपाल आउने पर्यटकमा भने भारी गिरावट छ । मे महिनामा ४९.३ प्रतिशतले बंगलादेशी पर्यटकको आगमन घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप