मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै स्टेजमा तीन बिजेता: ओजस्वी, सन्ध्या र शुभेच्छाले चुमे ताज

बुधबार, ०६ असार २०७५, १७ : १८
बुधबार, ०६ असार २०७५

काठमाडौं– ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ को उपाधि ओजस्वी राज थापा र सन्ध्या अर्यालले जितेका छन् । ब्राइटफ्युचर स्कुल नैकापमा अध्यायनरत थापाले मिष्टर पपुलर र भियुर च्वाइस अवार्डसहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्ययनरत अर्याले बेष्ट स्पिच र युट्युव च्वाइसहित छात्रा तर्फको शीर्ष उपाधि हात पारेका हुन् । 

मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ सहित ३ बिजेता एकसाथ छानिए । जसमा मिस एसईई युनिभर्सलको ताज शुभेच्छा खड्काले हात पारिन् ।

कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’ तर्फ रिकेश घिमिरे र समीक्षा मिजार फष्ट रनर अप चुनिँदा सेकेन्ड रनर अप दीजन भट्टराई र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अप, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारीले प्राप्त गरे ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिशकुमार मिश्र आयोजक रहेको प्रतियोगितामा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’को छात्रतर्फ विशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक, राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्टवाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराई बेष्ट स्पीच, राकेश खिउजु सोशल एम्बेसडर र सञ्जय तामाङ बेष्ट पर्सनालिटी छानिदा छात्रातर्फ समिक्षा मिजार मिस क्याटवाक, इन्चि शेर्पा भियुर च्वाइस, श्रद्धा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्टगर्रजिअस, सस्मित बेष्ट हेयर, रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन, सबिना बुढाथोकी मष्ट डिर्जभिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युउटी विथपरपस र सलिना मष्टट्यालेन्ट घोषित भए । 

अश्विनी झाको कोरियोग्राफी र आकाश गिरीको कार्यक्रम संयोजन रहेको प्रतियोगितामा मिस एसईई युनिभर्सल तर्फ क्रितिका सुवेदी फेसन आइकन, अलिसा ढकाल फोटो जेनिक र मष्ट डिसिप्लेन, नम्रता सापकोटा मष्ट चार्मिङ, मोनिका श्रेष्ठ ब्युउटी विथ परपस र बेष्ट फिजिक,आसिका पनित बेष्टस्क्रिन, समृति श्रेष्ठ बेष्ट स्माइल, अमिस विश्वकर्मा मष्ट गर्रजिअस, चाहना लामा बेष्ट हेयर, मन्दिपा मगर मष्ट फेड्ली, स्वर्णिमा केसी बेष्ट डान्स र विमला लम्साल बेष्ट स्पीच सव टाइटल बिजेता बने ।

पुनर लामा ¬(आइडियल स्कुलका प्रिन्सिपल), सरोज प्याकुरेल (संगीतकार), एलिजा महर्जन (मिसेस नेपाल ग्ल्याम बिजेता), गजित बिष्ट (अभिनेता) र श्रीदेब भट्टराई (अभिनेता मोडल) लगायत निर्णायक रहेको कार्यक्रम सांगीतिक धुमधमाका सहित आयोजना भएको थियो । प्रतियोगिताका शीर्ष बिजेताले ताजसहित विभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप