शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्धारा “साथ–हकुना मटाटा”लाई सहयोग

बुधबार, ०६ असार २०७५, १७ : ०४
बुधबार, ०६ असार २०७५

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “साथ” नामक सामाजिक कल्याण–उन्मुख गैर–सरकारी संस्थालाई नगद एक लाखको सहयोग गरेको छ ।

साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एच आइ भी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पुर्याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिदैं आईरहेको जनाएको छ ।

उक्त कल्याणकारी संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको बताएको छ । उक्त कार्यक्रम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले  साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेर सम्पन्न गरेका छन् ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप