शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोसी ट्रक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो (अपडेट)

बुधबार, ०६ असार २०७५, १५ : ५५
बुधबार, ०६ असार २०७५

सुनसरी– सप्तकोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा मृत्यु हुने सवारी चालक रहेका छन् । मृत्यु हुनेहरुमा सुनसरी बराह क्षेत्रका ट्रक चालक बिनोद बराइली र जेसिबी चालक रामधुनिका घनश्याम चौधरी रहेका छन् ।

पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट कोशीमा खसेको प्रहरीले जनाएको ।

घटनास्थल नजिक पुलमा ठुलो खाडल रहेको कारण ट्रक अनियन्त्रित भइ पल्टिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

घटनामा परी कृष्ण चौधरी सुन्दरहरैचा मोरङ, सन्तोष अधिकारी झापा, शुक्रराज लामा विराटनगर, आईतेसिंह पर्जा हेटौडा, मणिराज विश्वकर्मा सुनसरी, हरि मगर उदयपुर र राजकुमार मण्डल विराटनगरका घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल इनरुवा र विराटनगरमा उपचार भइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप