शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३३ किलो सुन : अर्का व्यापारी पनि समातिए

बुधबार, ०६ असार २०७५, १५ : ०९
बुधबार, ०६ असार २०७५

काठमाडौं -३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । 

पक्राउ पर्ने भारतीय नागरिक बिमल  पोद्दार हुन् ।

उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । 

 पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । 

सुन तस्करी सम्बन्धी छानविनका लागि गठित समितिका एक सदस्यले पक्राउ परेका पोदारमाथि छानविन भैरहेके बताएका छन् । 

३३ किलो सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले  छापा मारेर शिलबन्दी गरेको छ । 

समितिले बुधबार  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी  शिलबन्दी गरेको  छ । 

समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै  कारोबार रोक्का गरेको छ । 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार  गरिसकेको थियो । 

उता सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान सुरु गरेको छ । 

विभागले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द्र निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप