मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा खेल सकिएपछि रङ्गशाला सफा गरेर जापानका फ्यानले जिते संसारको मन

बुधबार, ०६ असार २०७५, १४ : ५१
बुधबार, ०६ असार २०७५

बीबीसी-विश्वकपमा प्रतिस्पर्धात्मक खेल पछि धेरै जसो अवस्थामा रङ्गशालाको स्टाण्ड उग्रेको खाना, कप र ¥यापरहरु फालिएको अवस्थामा पाइन्छ ।

निश्चित रुपमा मंगलबार राति जापानी फुटबल समर्थकहरुका लागि ठूलो उत्सबको अबसर थियो । 

तिनको टीमले ओपनिङ्ग खेलमा कोलम्बियालाई २–१ ले हराएर पहिलो जीत सुनिश्चित गरेको थियो ।

तर खेलमैदानमा तिनको टिमले कोलम्बियालाई बढारिसकेपछि, जापानी फ्यानहरुले आफ्नो हिस्साको बढार्ने काम गरे । उनीहरुले रङ्गशालको आफ्नो पत्तिंहरु र सिटहरु सरलक्क पारेर सफा गरे । 

आफूसँग ल्याएको ठूलो बोरामा फ्यानहरुले सिटहरुको पंक्तिहरु चहार्दै फोहोर संकलन गरे । उनीहरुले त्यो ठाँउ छाड्दा आफू बसेको स्थल शुरुकै अवस्थामा छाडेका थिए ।

‘ब्लू सामुराई’ भनिने जापानी फुटबल टीमका समर्थकहरुको यस्तो असल आचरण पहिलो पटक देखिएको होइन ।

“यो कार्य फुटबल संस्कृती अन्तर्गत होइन जापानी सस्कृती अन्तर्गत पर्छ ,” जापानमा बसेर पत्रकारिता गर्ने स्कट म्याकइन्तीरेले भने । उनी जापानी टिमलाई पछ्याउदैं हाल रसियामा छन् । उनलाई जापानी टिमका समर्थकहरुको यो फरक ब्यबहारले चकित पारेको छैन ।

“फुटबलले तपाईको संस्कृतीको प्रतिबिम्ब गर्छ भन्ने भनाई छ । जापानी समाजको महत्वपूर्ण पक्ष यहाँ सबै जना पूर्ण सफाईमा सचेत हुन्छन् । यो ब्यवहार सबै खेलकुद प्रतियोगिताहरुमा देखिन्छ र निश्चित रुपमा फुटबलमा पनि त्यो लागु हुन्छ ।”

बाल्यकालदेखि विकास गरिने बानी 

जापानमा भएका प्रतियोगिताहरुमा सहभागी भएका धेरै विदेशीहरुलाई यो कुराले आश्चर्यमा पार्छ ।

“उनीहरुले बोतल वा कुनै प्रकारको खानाको प्याकेज भुईमै छाड्न सक्छन् र लगतै पछाडीबाट कुनै जापानी नागरिकको थपथपाउन सक्छन् । त्यो फोहोर त्यहाँ नछाड्नर घर लानको लानु भन्ने सकेंत हुन्छ ।” म्याकइन्टीरेले भने ।

यो बानी जापानीहरुलाई सानै उमेरदेखि सिकाइन्छ ।

“फुटबल प्रतियोगितापछि सफा गर्नु स्कुलमा सिकाइने आधारभूत व्यवहारको विस्तार हो । स्कुलमा बालबालिकाहरुले तिनको कक्षाकोठा र कोरिडोर सफा गर्छन्,” जापानको ओशाका विश्वविद्यालयमा सामाजशास्त्रका प्रध्यापक रहेका स्कट नर्थले भने ।

“बाल्यकाल अवधी भरी यसरी ख्याल गराइदाँ अधिकाशं जनसङ्ख्यामा यो बानीको रुपमा विकास हुन्छ ।”

खेल पछिको सरसफाईका यी कार्यहरु समाजिक संजालमा नियमित रुपमा चर्चामा आउने कुराले यी समर्थकहरुलाई कस्तो अनुभव गराउँछ ? यदी केही अनुभव गरायो भने त्यो गर्भको भाव हुनेछ ।

“सरसफाई र रिसाइकल प्रतिको अत्यधिक सचेतनाको अतिरिक्त विश्वकप जस्तो घटनाहरुमा सफाई गर्नु जापानीहरुलाई आफ्नो जीवन शैलीप्रति गर्भ प्रर्दशन गर्ने र विश्व सामू यसलाई शेयर गर्ने अबसर हो ,” प्रा. नर्थले भने ।

“फेरी हाम्रो ग्रहलाई जिम्मेबार पूर्वक ख्याल गर्नु पर्ने आवश्यकताबारे धारणा प्रस्तुत गर्ने विश्वकपभन्दा उपयुक्त ठाँउ के हुन सक्छ र?” उनले थपे ।

“यो सम्मान र विनयको आधारमा निर्माण भएको देशको चित्र हो । मेरो विचारमा विश्वकपले यति धेरै देशहरु र मानसहरुलाई एक ठाँउमा ल्याउने र एक अर्काबारे जान्ने अबसर प्रदान गर्छ कि यो आफैमा एकदम अदभुद हो । साथै यो फुटबलको सौन्दर्य हो ।” नर्थले भने ।

तर, यसो गर्ने जापानमा एक्लो टोली होइन । पोल्याण्डलाई हराएपछि सेनेगलले पनि स्टेडियम सफा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप