शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा महको उत्पादन २५०० मेट्रिक टन, विदेशमा पनि माग

बुधबार, ०६ असार २०७५, १४ : २३
बुधबार, ०६ असार २०७५

काठमाडौँ । नेपालमा महको उत्पादन २५ सय मेट्रिक टन पुगेको बिकिपिङ एण्ड रिसर्च सेन्टरकी प्रवन्ध निर्देशक महालक्ष्मी श्रेष्ठले बताएकी छन् । 

पछिल्लो २० वर्षमा नेपालले महको क्षेत्रमा ठूलो फड्को मारेको उनको दाबी छ । 

बिकिपिङ एण्ड रिसर्च सेन्टरले गरेको अनुसन्धानबाट पनि पछिल्लो समय नेपालमा मह उत्पादन फष्टाएको देखिएको उनले बताइन् । बुधबार राजधानीमा नेपाल कृषि व्यवसाय नविनता केन्द्र नेबिकले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले पहिला ५० मेट्रिक टन मात्र मह उत्पादन हुने गरेको बताइन् । 

नेपाली महको अन्तर्राष्ट्रिय स्तरमा माग बढेको र कतिपय अवस्थामा नेपालीलाई मार्केटिङबारे ज्ञान नभएकाले उत्पादित मह के गर्ने बारे अनविज्ञ रहेको अनुभव श्रेष्ठले सुनाइन् ।

यता, राष्ट्रिय किसान अयोगका उदय चन्द्र ठाकुरले दक्षताको अभावले नेपालको कृषि उत्पादनको बजारीकरणमा समस्या हुने गरेको उल्लेख गरे । कृषिको दिगो विकासको लागि पनि स्किल ग्याप हटाउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो । 

नबिक कृषि क्षेत्रको प्रबद्र्धनको लागि खुलेको संस्था भएकाले यस्ता सँस्थाहरुलाई प्रश्रय दिन उनले भने । नेबिकका निमित्त कार्यकारी अधिकृत भुषण शाहले नेबिकले कृषिको औद्योगिकीकरण र व्यावसयिकरण भूमिका खेल्दै आएको बताए । 

नेपाल कृषि व्यवसाय नविनता केन्द्र (नेबिक) कृषि विकास मन्त्रालय, व्यावसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र विश्व बैंकको सहयोगमा सन् २०१७ मा स्थापना भएको परियोजना हो ।  

यो कृषि व्यवसाय प्रबद्र्धन गर्ने संस्था हो । यसले कृषि व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक व्यवसायिक सेवा प्रदान गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप