बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखा पुगे पारस शाह, पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

बुधबार, ०६ असार २०७५, १४ : २१
बुधबार, ०६ असार २०७५

गोरखा–पूर्व युवराज पारस शाहले मंगलबार गोरखाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा उनले गोरखास्थित मनकामना, गोरखनाथ मन्दिरको दर्शन र गोरखा दरवारको अवलोकन गरेका छन् । 

मंगलबार साँझ ३०/३५ जनाको टोलीसहित धार्मिक भ्रमणमा मनकामना पुगेका शाह बेलुका लक्ष्मीबजारस्थित होटल गाँउ रिसोर्टमा बास बसे । 

रिर्सोटमा उनले मंगलबार बेलुका जिल्लास्थित राजसंस्था निकट र केही राप्रपाका नेता कार्यकर्तासँग भेटघाट गरेका छन् । 

शाहवंशीय उद्गमस्थल गोरखामा पूर्व युवराज शाह बिहान ९ बजे लक्ष्मीबजारबाट मोटरसाइकल ¥यालीसहित गोरखादरबार पुगेका थिए । 

गोरखा दरबार र गोरखनाथ मन्दिरमा करिब डेढ घण्टा पुजा गरेका उनले गोरखा संग्राहलयको अवलोकनसहित आफ्ना पूर्खा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए । 

गोरखा संग्राहलयमा उनलाई संग्राहलयका कर्मचारीले फुलमालासहित स्वागत गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप