ओखलढुंगामा एक पुरुषको शव फेला
बुधबार, ०६ असार २०७५, १३ : ५२
ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका १० स्थित कटुन्जेको संसारी डाँडामा अन्दाजी ३० बर्षिय पुरुषको शव फेला परेको हो ।
उक्त शव सोही स्थानका बालकृष्ण विकको भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
पाखामा मृृत अवस्थामा भेटिएको शवको अनुसन्धान भैरहेको भट्टराईको भनाइ छ ।
प्रहरीले घटनाका बिषयमा अनुसन्धान थालेको छ । शव पोष्टमार्टका लागी जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ ।