मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साउनमा पक्का ‘टिनएज’

बुधबार, ०६ असार २०७५, १३ : ०८
बुधबार, ०६ असार २०७५

काठमाडौं– नृत्य निर्देशक दिनेश पाख्रिनको निर्माण निर्देशन रहेको चलचित्र ‘टिनएज’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । निर्देशक दिनेश पाख्रिनले २५ साउनलाई चलचित्रको रिलिज डेट तय गरिएको जानकारी दिए । पटक–पटक रिलिज मिति सर्दे आएको यो चलचित्र २५ साउनबाट भने पछि नहट्ने उनको भनाई रहेको छ ।

युवापुस्ताको कथामा बनेको चलचित्र स्वदेश अघि जापान र कोरियामा प्रर्दशन समेत हुनेछ । नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जिला खड्गी, कृष्ण शिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह लगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ । 

विकास चौधरी र वसन्त सापकोटाको संगीत, डा.कृष्णहरि बराल, हरि उप्रेती र सविना केसीको गीत रहेको चलचित्रमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त निर्माण गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप