शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

को हुन् मिस इन्डिया बनेकी अनुकृती वास

बुधबार, ०६ असार २०७५, ११ : ५०
बुधबार, ०६ असार २०७५

बीबीसी

फेमिना मिस इन्डिया प्रतियोगितामा अनुकृती वासले सन् २०१८ को बिजेता बनेकी छिन् ।  

गत वर्षकी बिजेता मानुषी छिल्लरले आफ्नो हातले तामिलनाडुकी अनुकृतीलाई ताज पहिराइन् । फर्स्ट रनरअप हरियाणाकी मिनाक्षी चौधरी बनेकी छिन् भने सेकेन्ड रनरअनमा आन्ध्र प्रदेशकी श्रेया रावको पोल्टोमा पर्यो । उक्त प्रतियोगितामा निर्णायक मण्डलमा पूर्व क्रिकेटर इरफान पठान र बबी देओलजस्ता स्टार रहेका थिए ।

को हुन् र के गर्छिन् अनुकृतीः

चेन्नईको लोयोला कलेजमा पढ्ने १९ वर्षीया अनुकृती वास आफूलाई एक सामान्य युवती जसलाई घुम्न र नाच्न मनपर्ने बताउँछिन् ।

अनुकृतिले आफ्नो एक भिडियोमा भनेकी छिन्, ‘म तमिलनाडुको शहर त्रिचीमा हुर्के बढेकी हुँ जहाँ महिलाको जीवन बाँधिएको हुन्छ । तपाईं ६ बजेपछि घर बाहिर जान सक्नुहुन्न । म यस्तो स्थितीको पूर्ण विरोधी हुँ । म यो स्टिरियोटाइप तोड्न चाहन्थें । त्यसकारण मैले मिस इन्डिया प्रतियोगितामा भाग लिने निर्णय गरेँ । आज म यहाँसम्म पुगिसकेको अवस्थामा यो भन्न चाहन्छु कि तपाईं पनि त्यो कैदलाई तोडेर बाहिर आउनुहोस् र त्यहाँ पुग्नुहोस् जहाँ तपाईं पुग्न चाहनुहुन्छ ।’

बाइक, सोनम कपुर र कायली कार्दासियनः

अनुकृती आफूलाई टम ब्वई छवी भएको युवती बताउँछिन् जसलाई बाइक चलाउन मनपर्छ ।

हालै एक युट्युब च्यानल पप डायरीजलाई दिएको अन्तर्वार्तामा अनुकृतिले आफूलाई सोनम कपुर, कायली कार्दासियन र रणबीर सिंह अत्यधिक मनपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप