जब एसबीआई बैंकको एटीएमभित्रको १२ लाख मुसाले काट्यो
भारतको असममा स्टेट बैंक अफ इन्डिया (एसबीआई) को एटीएममा मुसाले १२ लाख भारतीय नोट काटेको छ ।
घटना जून ११ को बताइएको छ । यसको फोटो कसैले सोसल मिडियामा हालेपछि भाइरल भएको थियो ।
जानकारीका अनुसार तिकसुकियाको एसबीआई एटीएम मेसिनले काम नगरेको जानकारी पाएपछि कर्मचारी मेशिन बनाउन पुगे । जब मेसिन खोलियो तब कर्मचारी अचम्ममा परे ।
मेसिन खोल्दा मुसाले काटेका पाँचसय र दुई हजारका भारतीय नोट भेटिएको बताइएको छ । यसबारे एक बैंक अधिकारीले तिनसुकियाको लैपुली इलाकाको एटीएम मे २० तारिखदेखि प्राविधिक गडबडीका कारण बन्द भएको जानकारी दिए ।
स्रोतका अनुसार समस्याबारे जानकारी पाएपछि जून ११ मा एटीएमको रेखदेख गर्ने कम्पनी ग्लोबल बिजनेस सोलुशन (जीबीएस) का कर्मचारी मेसिन बनाउन जाँदा घटना सार्वजनिक भएको हो ।
बैंक अधिकारीले घटनाको पुष्टि गर्दै १२ लाख ३८ हजारका नोटलाई मुसाले काटेको बताए । जीबीएसले १९ मे मा २० लाख भारु मेसिनमा हालेको भोलिपल्टदेखि नै एटीएमले काम गर्न बन्द गरेको बताइएको छ ।
घटनाको छानबिनका लागि तिनसुकियाको पुलिस थानामा एफआइआर दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर