शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीआईएको ह्याकिङ गर्ने विधि विक्किलिक्सलाई चुहाएको आरोपमा एक पूर्व कर्मचारी १३५ वर्षको जेल सजाय

बुधबार, ०६ असार २०७५, १० : १६
बुधबार, ०६ असार २०७५

एजेन्सी । सीआईए र एनएसएका एक पूर्व प्रोग्रामरलाई अत्यन्त गोप्य जानकारी चोरेको र बाहिर चुहाएको आरोप लगाइएको छ । जोसुहा एडम सुल्ज नाम उक्त कर्मचारीलाई सीआईएको ह्याकिङ प्रणालीसम्बन्धी जानकारी सार्वजनिक गर्ने कार्यका लागि दोषी मानिएको छ ।

२९ वर्षे सुल्जले २ वर्षअघिसम्म सीआईएको इन्जिनियरिङ डेभलेपमेन्ट ग्रुपमा काम गरेका थिए । यो समूह यस अमेरिकी गुप्तचर एजेन्सीले विद्युतीय साधनलाई ह्याक गरेर त्यसलाई निरीक्षणका लागि प्रयोग गर्ने प्रविधिको विकासमा केन्द्रित थियो । उनले सन् २०१६ मा यो एजेन्सी छाडेका थिए । 

उनले यो एजेन्सी छाड्नुअघि यसको कम्युटर नेटवर्कबाट अत्यन्त संवेदनशील गोपनीय सामग्रीहरू चोरेको आरोप लागेको हो । 

न्युयोर्कको साउदर्न डिस्ट्रिक्टस्थित अमेरिकी अटोर्नी अफिसले लगाएको आरोपमा सुल्जलाई सीआईएको ‘अति गोप्य प्रतिरक्षा सूचनाको शङ्कास्पद चोरी’सहित १३ अभियोग छन् । त्यसपछि उनले उक्त सूचनाहरू अज्ञात तेस्रो पार्टीको दिएका थिए भनिएको छ, जुन संस्थाले गोप्य, संवेदनशील र गोपनीय मनिने सूचनाहरू सार्वजनिक प्रचार गर्ने गर्छ ।

प्रोग्रामरमाथि बालबालिकाहरूको पोर्नोग्राफी सङ्ग्रह गरेको र प्रचार गरेको आरोप पनि लागेको छ । अघिल्लो अगस्टमा सुल्जको घरमा प्रहरीले रेड हान्दा १०,००० त्यस्ता तस्बिर र भिडियो रहेको एक इनक्रिप्टेड फोल्डर भेटिएको थियो ।

उनीमाथि लागेका अन्य आरोपमा मालवेयर फैलाएको, एफबीआईलाई झुट बोलेको, न्यायलाई अवरोध पु¥याएको र एउटा कपिराइट चोरीको आरोपसमेत लगाइएको छ । यी सबै आरोपको उनलाई अधिकतम १३५ वर्षको जेल सजाय हुनेछ ।

हुनत सूचना प्राप्त गरेको बाह्य संस्थाको नाम खुलाइएको छैन तर अमेरिकी मिडियाहरूले सुल्ज विक्किलिक्सले सार्वजनिक गरेको ‘भल्ट ७’ मा संलग्न भएको आशङ्का गरिएको भनेका छन् । यस प्रकरणले सीआईएको ठूलो गोपनीय ह्याकिङ संयन्त्रका बारेमा जानकारी बाहिर खुलासा गरेको थियो ।

विक्किलिक्सले सार्वजनिक गरेको ९००० दस्तावेजले सीआईएले स्मार्ट टिभी र घरेलु सुरक्षा प्रणालीजस्ता विद्युतीय सामग्रीबाट पनि निगरानी गर्न सक्ने सामथ्र्यबारेमा खुलासा गरेको थियो । साथै त्यसमा सीआईएले एन्ड्रोइड, आईओस र विन्डो माध्यमका कमजारीहरूलाई प्रयोग गर्न सकिने देखाएको थियो ।

विक्किलिक्सले मार्च ७ बाट ‘भल्ट ७’ प्रकाशन गर्न थालेको थियो । आरोप पत्रअनुसार त्यही मितिदेखि नै अर्गनाइजेसन–१ ले इन्टरनेटमा सीआईएको राष्ट्रिय सुरक्षा सामग्री सार्वजनिक गरेको थियो ।

सुल्जलाई अगस्ट २४ बाट हिरासतमा राखिएको छ । उनले बालबालिकाको पोर्नोग्राफीको मामलामा भने सफाइ पाएका छन् । उनका वकिलका अनुसार उनले खाली एक फाइल सेयर गर्ने सर्भर चलाएका थिए र उनी त्यसमा गैरकानुनी सामग्री रहेको बारेमा बेखबर थिए ।

उनका वकिलले स्कुल्जलाई सरकारले बलिको बोको बनाएको आरोप लगाए । स्कुल्जको मुद्दामा धेरै विरोधाभाषी कुराहरू अगाडि आएका छन् । डेली बिस्टले मेमा दिएको एक रिपोर्टअनुसार विक्किलिक्सलाई सीआईएको ह्याकिङ तरिकाबारे बताउनुअघि स्कुल्जले एक सीआईए ह्याकिङ सामग्रीका लागि बनाइएको सोर्स कोड अनलाइन राखिदिएका थिए । 

त्यो कुरा २०१३ तिरकै हो । जुन घटना एडवर्ड स्नोडेनलले अमेरिकाले विश्वभरी गर्ने विद्युतीय निगरानीको ठूलो स्तर सार्वजनिक गरेको पनि केही महिनापछिको कुरा हो । सुल्जले उक्त सफ्टवेयर आफ्नो गिटहब पेजमा अपलोड गरेका थिए । तथापि कसैले त्योबेला त्यसलाई ख्याल गरेको थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप