नो मोर नेयमार ? : ब्राजिलका सुपरस्टार घाइते हुँदै ट्रेनिङ छाडे
एजेन्सी । दाहिने खुट्टामा पीडा बढेपछि ब्राजिलियन सुपरस्टार नेयमारले मंगलबार प्रशिक्षण छाडेका छन् ।
ट्रेनिङका दौरान नेयमारले पीडामा मुख छोप्दै गरेको देखिएको थियो । योसँगैको उनको फिटनेसमाथि फेरि प्रश्न उठेको छ ।
ब्राजिलियन फुटबल कन्फेडेरेसनका अनुसार उनले त्यसपछि फिजियोथेरापी लिएका थिए ।
‘स्वीटजरल्याण्डबिरुद्ध धेरै फल खाएपछि उनले निकै पीडा महसुस गरिरहेका थिए,’ पत्रकारहरुसँग कुरा गर्दै भने, ‘उनले पीडा भएको बताएपछि उनलाई फिजियोमा लगिएको हो । उनी बुधबार प्रशिक्षणमा फर्कने छन् ।’
यसअघि पीएसजीबाट खेल्दा गत फेब्रुअरीमा उनको खुट्टा भाँचिएको थियो तर त्यसबाट पार पाउँदै उनी विश्वकपको पहिलो खेलमा ब्राजिलका लागि शुरुवात गरेका थिए ।
तर, सोचीको युग स्पोर्ट रंगशालामा प्रशिक्षणका दौरान भने उनले मैदान छाड्न बाध्य बने ।
ब्राजिलियन टोलीका दुई स्टाफले उनलाई समातेर मैदानबाहिर लानु परेको थियो ।