इंग्ल्याण्डले बनायो एकदिवसीय क्रिकेटको विश्वकिर्तिमानी स्कोर, तोडिए आधा दर्जन किर्तिमान
एजेन्सी । इंग्ल्याण्डले एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो स्कोर बनाउँदा अस्ट्रेलिया २ सय ४२ रनको विशाल अन्तरले पराजित भएको छ ।
आयोजक इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय ८१ रन बनायो । सन् २०१६ मा ट्रेन्ट ब्रिजमा नै इंग्ल्याण्डले पाकिस्तानविरुद्ध ४ सय ४४ रन बनाएको थियो ।
एलेक्स हेल्सले १ सय ४७ रन बनाए भने जोनी ब्रेस्टोले १ सय ३९ रन बनाएपछि इंग्ल्याण्डले एकदिवसीय शृंखलाको तेस्रो खेलमा विशाल योगफल तयार गर्न सफल भएको हो ।
कप्तान इयोन मोर्गनले पनि तीव्र गतिमा ६७ रन बनाए ।
उनले २१ बलमा अर्धशतक बनाउँदै इंग्ल्याण्डका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने किर्तिमान बनाए । उनी इंग्ल्याण्डका लागि एकदिवसीय खेलमा सबैभन्दा धेरे रन बनाउने खेलाडी पनि बनेका छन् ।
उता, अदिल रसिदले ४७ रन खर्चेर चार विकेट लिएपछि अस्ट्रेलिया मात्र ३७ ओभरमा २ सय ३९ रनमा समेटियो ।
जीतसँगै इंग्ल्याण्डले शृंखलाका दुई खेल बाँकी छँदा अद्वितीय ३–० को अग्रता कायम गरेको छ ।
११ दिनअघि मात्र न्युजिल्याण्डको महिला टोलीले आयरल्याण्डविरुद्ध विश्वकिर्तिमानी ४ सय ९० रन बनाएको छ ।
किर्तिमानी इंग्ल्याण्ड
१. पुरुषहरुको एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च स्कोर ।
२. रनको आधारमा एकदिवसीय खेलमा अस्ट्रेलियामाथि इंग्ल्याण्डको सबैभन्दा ठूलो अन्तरको जीत ।
३. एकदिवसीय खेलमा सबैभन्दा धेरै बाउन्ड्री – ६२ । यसअघि इंग्ल्याण्ड र श्रीलंकाको नाममा ५९ बाउन्ड्रीको किर्तिमान रहेको थियो ।
४. इंग्ल्याण्ड र वेल्समा ३ हजार रन बनाउने पहिलो खेलाडी बने मोर्गन ।
५. ६ एकदिवसीय खेलमा चार शतक हिर्काउने आठौँ खेलाडी बने ब्रेस्टो ।
६. ब्रेस्टोले सन् २०१८ मा ४ शतक बनाएका छन् । योसँगै उनले डेभिड गोवरको किर्तिमान बराबरी गरेका छन् ।
७. ब्रेस्टो र रोयले चौँथो विकेटको लागि निक नाइट र मार्कस ट्रेस्कोथिकले बनाएको साझेदारीको किर्तिमान बाराबरी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक