मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम
बुटवल - रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ ।
कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण दिइयो ।
लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी दिएका थिए ।
जीवनशैली व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि उचित आहार विहार, व्यवहार र विचारले नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिने समेत उनले बताए ।
आयुर्वेद शाखा प्रमुख रवीन्द्रप्रसाद मिश्रले ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रका समस्या बढ्दो रहेको भन्दै स्वस्थ जीवनका लागि सरसफाइदेखि योग, जीवनशैलीको महत्व बढी हुने धारणा राखेका थिए ।
तीनदिने कार्यक्रमको मंगलबार समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले स्वास्थ्य क्षेत्रलाई आफूले महत्व दिने उल्लेख गर्दै वार्षिकरुपमा तीनपटक यस किसिमका कार्यक्रम सञ्चालन गरी चेतना विस्तार गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले स्वस्थ जीवनका लागि योगको महत्व बढी हुने भन्दै अनुशासनमा ध्यान दिनुपर्ने बताए । शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाका प्रमुख प्राम्सु ढकालले योगका बारेमा सहजीकरण गरेका थिए ।
योग प्रशिक्षणमा गाउँपालिकाका पदाधिकारीलगायतका जनप्रतिनिधि, दलका स्थानीय नेता कार्यकर्ता तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव