मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम : जुम्लामा मिडवाइफरी पढाइ हुने

बुधबार, ०६ असार २०७५, ०८ : ०७
बुधबार, ०६ असार २०७५

सुर्खेत - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ । 

आगामी आव २०७५÷०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन हुने निश्चित भएको छ । मिडवाइफरी कार्यक्रम सञ्चालनका लागि नेपाल नर्सिङ काउन्सिलले प्रतिष्ठान, जुम्लालाई सोमबार स्वीकृतिको परिपत्र गरेको नर्सिङ डिन सरस्वती गौतमले जानकारी दिए । उनले परिपत्रमा प्रतिष्ठान, जुम्लाका लागि काउन्सिलले १० सिटको स्वीकृति दिएको उनले बताए । 

“वीर हस्पिटलको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९नेम्स०, काठमाडौँ विश्वविद्यालयपछि तेस्रोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मिडवाइफरी कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको छ,” नर्सिङ डिन गौतमले भने । उनका अनुसार यो कार्यक्रम सञ्चालनका लागि नेम्सले १०, प्रतिष्ठान जुम्लाले १० र काठमाडौँ विश्वविद्यालयले छ सिट प्राप्त गरेको छ । 

आमालाई सम्मानपूर्वक स्याहारसुसार गरेर मानसिक, शारीरिक एवं सामाजिक रुपले सुरक्षित राख्न र मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले प्रतिष्ठान, जुम्लामा यो कार्यक्रम सञ्चालन हुन थालेको बताए । कर्णालीजस्तो दुर्गम ठाउँका महिला तथा शिशुका लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी र लाभदायक हुने उनको भनाइ छ । 

मिडवाइफरी कार्यक्रम सञ्चालनको अनुमति पाएपछि प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले एक वर्षको प्रयासपछि सफलताको एउटा इँटा थपिएको बताए । “हिमाली जिल्लाको यो ऐतिहासिक उपलब्धि हो, अब डेढ महिनाभित्र हामी यो कार्यक्रम सञ्चालन गर्छौं,” रजिष्ट्रार काफ्लेले भने । 
उनका अनुसार यससँगै जुम्लास्थित प्रतिष्ठान एमबिबीएस र एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने पहलमा निरन्तर अघि बढेको छ । प्रतिष्ठानको यो प्रयासका लागि नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, प्रदेश सरकारसहित सरोकारवाला सबैको सकारात्मक भूमिका रहेमा प्रतिष्ठान कर्णाली प्रदेशको कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप