बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा एक नेपालीको मृत्यु

बुधबार, ०६ असार २०७५, ०६ : ५६
बुधबार, ०६ असार २०७५

काठमाडौं - दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए । 

सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो । 

राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप