बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा यसरी सम्बोधन शुरु गरे प्रधानमन्त्रीले

बुधबार, ०६ असार २०७५, ०६ : ३०
बुधबार, ०६ असार २०७५

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणका क्रममा मंगलबार बेइजिङ पुगेका छन् । 

साँझ प्रधानमन्त्री र उनी नेतृत्वको टोली होटेल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भयो । 

जहाँ प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गरे । ओलीले ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ वाक्यलाई चिनियाँ भाषामा सम्बोधन गर्दै मन्तव्य सुरु गरेका थिए । 

उनले झन्डै १५ मिनेट लामो लिखित भाषण पढेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप