सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो
नयाँदिल्ली । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।
आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ ।
आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ ।
नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए ।
उनले भने, ‘आज त्यहाँ हिंसात्मक घटना र आतङ्कवादीहरू बढीरहेकै छन्, त्यसतर्फ केही काम हुन सकेन ।’
नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश