बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

Poland vs Senegal: पहिलो गोल आत्मघाती, दोस्रो गोल खाली पोस्टमा

मङ्गलबार, ०५ असार २०७५, २२ : २२
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा सेनेगलले अग्रता लिएको छ । खेलमा पोल्याण्ड २–० ले पछि परेको छ ।

पोल्याण्डका थिएगो क्लोनेकको आत्माघाति गोलमा सेनेगलले अग्रता लिएको हो । पोल्याण्डले ३८ औँ मिनेटमा आत्माघाती गोल गरेको थियो भने दोस्रो गोल सेनेगलले खाली पोस्टमा गरेको छ। 

पोल्याण्डका गोलकिप्पर डिएरिया बाहिर आएको मौकामा सेनेगलले खाली पोस्टमा उत्कृष्ट गोल गरेको हो । पोल्याण्डविरुद्ध दोस्रो गोल भने ६० मिनेटमा माइ नाइङले खाली पोस्टमा गरेका हुन् ।  

यसअघि एक पटकमात्र विश्वकप खेलेको सेनेगल सन् २००२ को संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप