शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

मङ्गलबार, ०५ असार २०७५, २२ : ०३
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो । 

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि जनरल ह्यातले आज सिंहदरबारमा शिष्टाचार भेट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप