बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रासस र एनटिभीलाई प्रतिष्पर्धात्मक क्षमताको विकास गर्न सञ्चारमन्त्रीको आग्रह

मङ्गलबार, ०५ असार २०७५, २१ : १८
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकहरुसँग ती संस्थाका बारेमा छलफल गरेका छन् । 

मन्त्रालयमा भएको उक्त छलफलका क्रममा मन्त्री बाँस्कोटाबाट रासस र नेपाल टेलिभिजनबाट हाल सञ्चालन भइरहेका विभिन्न कार्यक्रम तथा सेवाका गुणस्तर, विद्यमान भौतिक संरचना, चलअचल सम्पत्ति, मानवीयलगायत सम्पूर्ण स्रोत साधनका सम्बन्धमा अध्यक्ष र महाप्रबन्धकलाई आवश्यक निर्देशन दिए । 

मन्त्री बास्कोटाले ती संस्थाको कार्यवातावरण र सेवाग्राहीले महसुस गर्न सक्ने प्रकृतिको सुधार गर्नुपर्ने, राष्ट्रिय महत्वका विषयहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउनुपर्ने, सम्पादित कार्यहरुको नियमित अनुगमन गरिनुपर्ने तथा प्रतिष्पर्धात्मक क्षमताको विकास गर्न निर्देशन दिए । 

सो अवसरमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले रासस र नेपाल टेलिभिजन दुवै आत्मनिर्भरता र व्यावसायिकतातर्फ उन्मुख हुनु जरुरी भइसकेको र न्यून खर्चमा अधिकतम सूचना प्राप्त गरेर गुणस्तरीय सेवा दिनुपर्ने बताउँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक सहजीकरणको भूमिका निर्वाह गरिने आश्वासन दिए । 

कार्यक्रममा राससका अध्यक्ष श्यामल र महाप्रबन्धक ओपेन्द्र शर्मा तथा नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट र गोविन्द रोकाले नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन सरकार र मन्त्रालयको नीतिनिर्देशनबमोजिम स्वतन्त्र पत्रकारिताको भावनाबमोजिम काम गर्न आफूहरु मन, वचन र कर्मले लाग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप