शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राससलाई राज्यको समाचार बैंकका रुपमा विकास गर्छुः अध्यक्ष अधिकारी

मङ्गलबार, ०५ असार २०७५, २१ : १०
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । राष्ट्रिय समाचार समितिका नवनियुक्त अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससलाई राज्यको समाचार बैंकका रुपमा विकास गर्न काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राससद्वारा आज आफ्नो सम्मानमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष श्यामलले राससको सेवालाई शीघ्र र पढ्नयोग्य बनाइने बताए । 

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको सेवालाई स्तरीय बनाउनका लागि आफूले क्रियाशील भएर काम गर्ने बताए । राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राज्यको मिडियाका रुपमा राससको निकै ठूलो भूमिका रहेको बताए । 

प्रधानसम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत र अंग्रेजी शाखाका प्रमुख दीपराज सन्यालले सेवालाई गुणस्तरीय बनाउन निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा थप परिष्कृत गर्दै लैजानुपर्ने सुझाव राखेका थिए । 

नेपाल पत्रकार महासंघ राससका शाखाका अध्यक्ष नारायण घिमिरे, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने, रासस राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले श्रमजीवीलाई काममा प्रोत्साहन गर्दै राससको छविलाई अझ उचाइमा पु¥याउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप