शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ

मङ्गलबार, ०५ असार २०७५, १९ : ५२
मङ्गलबार, ०५ असार २०७५

भक्तपुर ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कतिपय नयाँ बनेका कानूनहरु पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

आज भक्तपुरमा सहकारी बैंकले आयोजना गरेको सहकारीसँगको अन्तक्र्रियामा उनले नयाँ संविधान लागू भएपछि जारी भएका ऐन पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ सहकारी ऐन जारी भइसके पनि सो ऐन संशोधन गर्नसके मात्रै कार्यान्वयनमा आउने भएकाले ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको बताए । 

आर्थिक ऐनको व्यवस्थाले अन्य ऐनको व्यवस्थालाई काट्दा ऐन नै विवादित र बाझिने अवस्था आएको भन्दै उनले एकअर्कामा नबाझिने गरी ऐन संशोधन हुनुपर्ने बताए ।  

सहकारी ऐनमा क्षेत्रगत वर्गीकरणका आधारमा कर तिर्ने र कर छुटको व्यवस्था गरिएको भए पनि आर्थिक ऐनले सबैलाई एउटै दायरामा कर तिर्नुपर्ने बाध्यता बनाएको उनको भनाइ थियो । उनले भने, ‘सहकारी ऐनलाई आर्थिक ऐनले काटेको छ, जसका कारण कतिपय सहकारी ऐन कार्यान्वयनमा आउने अवस्थामा छैन, यसले सहकारी मर्कामा परेका छन् ।’ 

सांसद महेश बस्नेतले सहकारीमा जम्मा भएका पुँजीलाई उत्पादन र उद्योगमा लगानी गरेर रोजगारी, आर्थिक उन्तति र उत्पादनसँग जोडेर लैजान सहकारीकर्मीलाई आग्रह गरे । 

कार्यक्रममा सांसद् पशुपति चौलागाईँ, पूर्वसांसद केदार सञ्जेल, जिल्ला सहकारी संघका सञ्चालक सदस्य बालमुकुन्द सुवाल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजू, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईलगायतले सरकारले सहकारीलाई आर्थिक खम्बाका रुपमा लिएकाले सहकारी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनुपर्ने बताए । 

बैंकका सञ्चालक तथा कार्यकारी प्रमुख केबी उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने शुभकामना बचत तथा ऋण सहकारी संस्था र पारिजात बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप