शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बियामाथि जापानको जित

मङ्गलबार, ०५ असार २०७५, १९ : ४३
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा एसियाली टोली जापान २–१ गोलले विजयी बनेको छ । 

खेलको छैटौं मिनेटमा पाएको पेनाल्टिमा जापानका सिन्जि काजवाले पहिलो गोल गरेका थिए । कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको हो । 

यता, कोलम्बियाका लागि ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले फ्रिकिकमार्फत पहिलो गोल फर्काएका थिए । उनले गरेको गोललाई भिडियो रेफ्रीले गोल दिएका थिए । किपरले बल समातेर पोष्ट भित्र छिरेपछि भिडियो रेफ्रीको सहायता लिइएको हो ।

मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा ७३ औं मिनेटमा जापानका खेलाडी ओसाकोले दोस्रो गोल गर्दै जित निकालेका हुन् । उनले हेडमार्फत गोल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप