जापानले गर्यो दोस्रो गोल, कोलम्बिया झनै दबाबमा
काठमाडौं । रसियामा जारी फिफा विश्वकप २०१८ मा जापान र कोलम्बिया भिडिरहेका छन् । खेलको दोस्रो हाफको ७३ औं मिनेटमा जापानका खेलाडी योए युस्कोले दोस्रो गोल गरेका छन् ।
खेलको सुरुवातमै जापानका खेलाडी सिन्जी कागावाले पहिलो गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो ।
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी सिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाएका हुन् ।
जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यस्तै कोलम्बियाले पनि जापानविरुद्व १ गोल गरेको छ । कोलम्बियाका खेलाडी जुवान फर्नान्डो क्वीन्टेरोले खेलको ३९ औं मिनेटमा गोल गरेका हुन् ।
स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित भएपछि अझ दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा
-
नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक
-
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ