शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिएलएनका सञ्चालक श्रेष्ठ १२ लाख धरौटीमा रिहा

मङ्गलबार, ०५ असार २०७५, १९ : १९
मङ्गलबार, ०५ असार २०७५

काठमााडौं– जिल्ला अदालत ललितपुरले भिएलएनका सञ्चालक राम श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिहं महराको एकल इजलासले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

श्रेष्ठ वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा केही दिनअघि पक्राउ परेका थिए ।  वाइड स्पेस मेनपावरका सञ्चालक समेत रहेका श्रेष्ठलाई यसअघि काठमाडौं जिल्ला अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठलाई ललितपुरमा पनि सोही मुद्धाका विषयमा अनुसन्धान भैरहेको भन्दै प्रहरीले पुनः पक्राउ गरेको जनाउँदै आएको छ । श्रेष्ठमाथि भिसा स्ट्यापिङका लागि भिएलएन खडा गरेर आर्थिक कारोबार गरेको आरोप लागेको छ । उनले यो धन्दा पाँच वर्षदेखि चल्दै आएको प्रहरीको आरोप छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप