शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

मङ्गलबार, ०५ असार २०७५, १९ : ०४
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदन लाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरे ।

उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप